काठमाडौँ । डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार २४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पछिल्लो एक हप्तामा २११ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । यसैगरी, डेङ्गी सङ्क्रमणबाट दुई जनाको निधन भएको छ ।
कोशी प्रदेशमा ५६८, मधेस प्रदेशमा ६२, बाग्मती प्रदेशमा ६७५, गण्डकी प्रदेशमा ९१४, लुम्बिनी प्रदेशमा ५५१, कर्णाली प्रदेशमा ९३ र सुदूरपश्चिम प्रदेशमा ३८४ जनामा डेङ्गी सङ्क्रमण देखिएको प्रमुख डा दाहालले जानकारी दिए।