विराटनगरमा ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

न्युजलय २७ कार्तिक २०८२, बुधबार १२:०३ मा प्रकाशित

विराटनगर । विराटनगरमा ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।

विराटनगर –३ बरगाछीचोक नजिक उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको डब्लु बी ५९ सी ०२४८ नम्बरको भारतीय ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्रदेश २–०३–०११ प ४३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार सर्लाही हरिपुर नगरपालिका–१ की ४५ वर्षीया रोहिता अधिकारी (कोइराला)को मृत्यु भएको हो ।

मोटरसाइकल चालक ५७ वर्षीय विमल कोइराला घाइते भएका छन् । उनीहरू श्रीमान–श्रीमती रहेको खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।