देशभर आज थप १४ जनामा कोरोना पुष्टि

न्युजलय २२ कार्तिक २०७९, मङ्गलबार ०७:५८ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


देशभर गरिएको ५ सय १९ पिसिआर परीक्षणका क्रममा १२ जना र ६ सय ३१ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने १५ जना निको भएका छन् ।


हाल नेपालमा ५ सय ७२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।