गायक प्रकाश तिमिल्सिनाको निधन

न्युजलय २७ साउन २०८१, आइतबार १०:०९ मा प्रकाशित

काठमाडौँ । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । उनी शनिवार साँझ भैँसेपाटीस्थित डेरामा अचेत अवस्थामा फेला परेका थिए । 

परिवारका सदस्यहरूले उनलाई तत्काल पाटन अस्पताल पु¥याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषित गरे ।

तिमिल्सिनाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने छ ।

तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए ।

भैँसेपाटीमा बस्दै आएका तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीतले उनलाई नेपाली संगीत प्रेमीहरू माझ स्थापित गराएको थियो ।