बढ्यो सुनचाँदीको भाउ

न्युजलय १२ कार्तिक २०८३, बुधबार ११:१४ मा प्रकाशित

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलाको ९०० रूपैयाँले बढेर २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको छ । 

मंगलबार एक तोला सुनको मूल्य २ लाख ८२ हजार ३०० रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलाको १० रूपैयाँले बढेर ३ हजार ९८० रुपैयाँ पुगेको छ ।