इटहरीमा पहिलो पाँचतारे होटल सोल्टी वेष्टेन्ड सञ्चालनमा आउँदै

न्युजलय २ जेठ २०८०, मङ्गलबार ०४:४७ मा प्रकाशित

इटहरी । इटहरीमा पहिलो पटक पाँच तारे होटल सोल्टी वेष्टेण्ड होटल सञ्चालनमा आउने भएको छ । बुधबार होटलको औपचारिक उद्घाटन गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

८ वर्षअघि गरिमा होटलको नाममा सुरु भएको होटललाई नेपालकै पुरानो पाँचतारे होटल सोल्टी होटलले व्यवस्थापनको जिम्मा लिएपछि नाम परिवर्तन भएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भीम पौडेलले यो होटलले इटहरीको व्यवशायिक र पर्यटकीय गतिविधि विकासमा भूमिका खेल्ने बताए । उनले २ अर्ब हाराहारी लगानी भएको र दुई सय जनाले रोजगारी पाउने जानकारी दिए । 

गरिमा होटलका उपाध्यक्ष सुदर्शन चापागाईले होटलले अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउने जानकारी दिए । 

होटलमा ८० वटा कोठा, स्वीमिङपुल, साउना, स्पा, कार्यक्रम तथा सेमिनार हल, फिटनेस सेन्टरलगायतका सुविधा छ ।

होटलले उद्घाटनको अवसरमा विशेष छुट सुविधा समेत दिएको छ ।