सुर्खेत । सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
शनिबार(आज) बिहान वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटुकुवा सामुदायिक वनमा घाँस काट्न गएको समयमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका हुन्।
घाइते हुनेहरूमा दैलेखको गुराँस गाउँपालिका–६ जहरेका २१ वर्षीया लीला नेपाली र उनका १४ वर्षीय भाइ नरेश रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरू वीरेन्द्रनगर–७ इत्राममा बस्दै आएका थिए। घाइतेको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।