खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

न्युजलय २ साउन २०८१, बुधबार ११:०२ मा प्रकाशित

खोटाङ । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भोजपुरबाट दिक्तेल आउँदै गरेको प्रदेश २–०१–००१ त २०१५ नम्बरको ट्याक्टर साकेला गाउँपाालिका–१ बाँझे च्यानडाँडाास्थित मध्यपहाडी लोकमार्गमा मंगलबार दुर्घटना भएको हो ।

दुर्घटनामा बाँझे च्यानडाँडाका २१ वर्षीय जीवन देउजाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक तत्काल फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

रित्तो ट्याक्टर अनियन्त्रित भई सडकभन्दा करिब ३० मिटर तल झरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।