आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन

न्युजलय २६ असार २०८३, शुक्रबार १२:१८ मा प्रकाशित

काठमाडौं । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ ।

विर अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको मृत्यु भएको हो । मुगुको सोरु गाउँपालिका–१ का उनले हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए ।

नेपालीको शरीरको ५५ प्रतिशत भाग जलेको थियो । आगोले अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुर्‍याएकाले उनलाई बचाउन निकै चुनौतीपूर्ण रहेको उपचारमा संलग्न चिकित्सकहरूले यसअघि नै जनाएका थिए ।