दोहोरो अंकले बढ्यो नेप्से

न्युजलय २३ असोज २०८३, शुक्रबार ०३:३३ मा प्रकाशित

काठमाडौं । शुक्रबार नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा बन्द भएको छ।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

बिहीबार ३ अर्ब ९३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ८३ करोड रूपैयाँको कारोबार भएको छ।

आज ३५३ वटा धितोपत्रको एक करोड २९ लाख पाँच हजार ९४२ कित्ता सेयर किनबेच भएको हो। 

शुक्रबार १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।