इटलीविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

न्युजलय ३० माघ २०८२, बिहिबार ०९:०० मा प्रकाशित

काठमाडौँ । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।

इटलीका निमित्त कप्तान ह्‍यारी मानेन्तीले टस जितेर पहिले बलिङको निर्णय गरेका हुन् । 

नेपालले आजको खेलका लागि एक परिवर्तन गरेको छ । शेर मल्लको स्थानमा ललित राजवंशी टोलीमा आएका छन् ।

नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग हार बेहोरेको थियो । इटली पनि पहिलो खेलमा स्कटलयान्डसँग पराजित भएको थियो ।