इटहरी । सौन्दर्यकला तालिम तथा सेवा दिँदै आएको इन्टरनेशनल ब्यूटीसियन एकेडेमी ११ औँ वर्षमा प्रवेश गरेको छ । शनिबार इटहरीमा कर्मचारी, शुभचिन्तकहरुबिच संस्थाले वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रममा बोल्दै संस्थाकी सञ्चालक निरम बस्नेतले अझ धेरै दिदीबहिनीलाई सीपमार्फत आत्मनिर्भर बनाउन प्रतिबद्ध रहेको बताइन् । उनले सुरुवाती दिनमा घरको काम गर्दै व्यवशाय सुरु गरेको स्मरण गर्दै आफूलाई सहयोग गर्ने परिवार, साथीभाई तथा शाखाका कर्मचारीहरुलाई धन्यवाद दिइन् । उनले आगामी दिनमा शाखा र सेवा विस्तार गर्दै जानेसमेत बताइन् ।
विराटनगरमा पहिलो कार्यालय स्थापना गरेर सुरु गरिएको एकेडेमीका शाखाहरु देशभरमा ९ वटा पुगिसकेका छन् । एकेडेमीले हाल विराटनगर, इटहरी, दमक, धरान, पथरी, गाईघाट, इनरुवा, विराटचोक र काठमाडौंको सुकेधारामा शाखा सञ्चालन गरिरहेको छ। यसमार्फत हजारौं युवायुवतीले ब्युटिसियन तालिम लिएर रोजगारी सिर्जना गरेका छन् भने सयौं महिलाले आफ्नै ब्युटीपार्लर सञ्चालन गरेका छन् । एकेडेमीले विद्यार्थीहरुबाटै राम्रो प्रशिक्षक तयार गरि प्रशिक्षण गराउँदै आएको छ ।