घट्यो सुनको मूल्य

न्युजलय २५ असोज २०७९, मङ्गलबार ०६:१९ मा प्रकाशित

 काठमाडौँ । मंगलबार(आज) पनि सुनचाँदीको मूल्य घटेको छ । 

आज सुन प्रतितोला एक हजार २ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । हिजो सोमबार पनि सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ घटेको थियो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार रुपियाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ । 

त्यसैगरी आज चाँदी प्रतितोला १ हजार २ सय १५ रुपियाँमा कारोबार भइरहेको छ ।