यूएईको एक कम्पनीले माग्यो सय जना नेपाली पुरुष कामदार

न्युजलय १४ माघ २०७८, शुक्रबार ०१:३९ मा प्रकाशित

काठमाडौं । यूएईको एक कम्पनीले नेपाली पुरुष कामदारको माग गरेको छ । LAWAJET COMPANY ALAIN कम्पनीले एक सय जना नेपाली पुरुष कामदारको माग गरेको हो । 


न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।


कामदारले खान बस्नेतसहित तलब २५ हजार ९९२ पाउनेछ । इच्छुक कामदारले H.M.T.Overseas Pvt.Ltd. Tinkune को कार्यालय महाराजगन्ज काठमाडौंमा माघ २० गते अन्तरवार्ता दिनुपर्ने छ ।


स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगारदाता कम्पनीले बेहोर्ने छ ।