२०७८ साल मङ्सिर १३ गते सोमबार

आज देशभर ५ सय १३ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

न्युजलय ६ कार्तिक २०७८, शनिवार ०७:०८ मा प्रकाशित
काठमाडौँ । नेपालमा शनिबार थप ५ सय १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको ४,९७२ पीसीआर परीक्षणका क्रममा ४३८ जना र १,९५९ एन्टीजेन परीक्षणका क्रममा ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप ८१७ जना सङ्क्रमित निको भएका छन् । कोरोनाकै कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ४५ सङ्क्रमितको कोरोनाका कारण ज्यान गएको छ ।