विश्वकपबाट बाहिरिए पछि स्पेनिस प्रशिक्षक बर्खास्त

न्युजलय २३ मङ्सिर २०७९, शुक्रबार १२:१५ मा प्रकाशित

काठमाडौं । स्पेनको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिक बर्खास्त भएका छन् ।


विश्वकप फुटबलमा स्पेन मोरक्कोसँग टाइब्रेकरमा पराजित हुँदै प्रिक्वाटर फाइनलबाटै बारिएपछि स्पेनिस फुटबल संघले एनरिकलाई बर्खास्त गरेको हो ।

  

सन् २०१८ देखि स्पेनिस टोलीको नेतृत्व गरिरहेका ५२ वर्षका उनले २०२० को युरो कपमा टोलीलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए ।


स्पेनिस फुटबल संघले अब नयाँ प्रशिक्षक ल्याएर नयाँ योजना थाल्ने बताए पनि समय तोकेको छैन ।