काठमाडौं । आज हरिबोधिनी एकादशी मनाइँदै छ। सनातन धर्मावलम्बीले आजका दिन तुलसीको विशेष पुजापाठ गरी हरिबोधिनी एकादशी मनाउँछन्।
यसलाई ठूलो एकादशी पनि भनिन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन्।
कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने दिनलाई हरिबोधिनी एकादशी भनिन्छ। यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन्।