काठमाडौं । शुक्रबार(आज) सुनको मूल्य २०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँ कायम भएको हो ।
गत बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा २०० रुपैयाँले नै बढ्दै ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने बिहीबारको मूल्यमा पाँच रुपैयाँले मात्र बढ्दै एक हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।