इटहरी । इटहरीस्थित नमुना कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुकालागि स्वागत कार्यक्रम आयोजना गरेको छ । कलेजले ४०० जना विद्यार्थीहरुलाई स्वागत गरेको हो ।
कार्यक्रममा राष्ट्रिय कलाकार सलोन बस्नेत उपस्थित भएका थिए भने इटहरीका कलाकार तुलसी घिमिरेले नृत्य प्रदर्शन गरेका थिए। कक्षा १२ का विद्यार्थीहरुले जातिय पहिचान झल्कने पोशाक लगाएर नृत्य प्रदर्शन गरेका थिए।
कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्डका कोशी प्रदेश प्रमुख जिबन गड्तौला प्रमुख अतिथि रहेका थिए । नमुना कलेजका अध्यक्ष केशव खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा ग्रिन पिस लिंकनका प्रिन्सिपल मुक्तिराज सुबेदिलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।