तीर्थ यात्रामा गएका चारजनाको भारतमा दुर्घटनामा परी मृत्यु

न्युजलय १४ चैत २०८१, शुक्रबार ११:१३ मा प्रकाशित

काठमाडौँ ।  तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चारजनाको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ। तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।

बिहीबार बिहान तुलसीपुरबाट तिर्थ यात्राका लागि गएको  युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो  भारतको बहराइचमा दुर्घटना भएको थियो ।

गाडीमा नौ जना सवार रहेको र अरु घाइते भएका छन् ।गाडीमा सवार सबैजना यात्रु तुलसीपुरकै रहेको अनुमान गरिएको छ ।