ओसियन पार्क इटहरीमा ‘जलपरी धमाका’

न्युजलय ३० चैत २०८२, सोमबार १०:३६ मा प्रकाशित

इटहरी । नयाँ वर्ष तथा सिरुवा पर्वको अवसर पारेर इटहरीस्थित ओसियन पार्क एण्ड रिसोर्टमा “जलपरी धमाका” कार्यक्रम आयोजना गरिने भएको छ। इटहरी रंगशाला नजिकै शान्त वातावरणमा अवस्थित यो वाटर रिसोर्ट पछिल्लो समय घुमफिर तथा मनोरञ्जनको आकर्षक गन्तव्यका रूपमा स्थापित  छ ।


रिसोर्टका सञ्चालक डम्बर तामाङका अनुसार यस पटक नयाँ वर्षलाई लक्षित गर्दै आगन्तुकलाई फरक अनुभव दिन “जलपरी” कार्यक्रम थप गरिएको हो। दुई जना जलपरी आगन्तुकहरुले देख्न पाउनेछन् । 


ओसियन पार्कमा पानीसँग खेल्ने विविध गतिविधिहरूको सुविधा उपलब्ध रहेको छ, जहाँ बालबालिकादेखि युवायुवती तथा वृद्धवृद्धासम्म सबै उमेर समूहका मानिसहरू रमाउन सक्छन्। यस वर्षदेखि थपिएको “जलपरी” कार्यक्रमले आगन्तुकको आकर्षण अझ बढाउने अपेक्षा गरिएको छ।


रिसोर्टमा स्थानीयदेखि अन्तर्राष्ट्रिय परिकारसम्मको स्वाद लिन सकिने व्यवस्था रहेको छ भने आकर्षक सांगितिक प्रस्तुतिको मजा समेत लिन सकिनेछ। राति बसोबासका लागि आरामदायी होटल कोठाहरू उपलब्ध छन् भने फिटनेसप्रेमीहरूका लागि जिम सुविधा समेत सञ्चालनमा छ।


ओसियन पार्क विभिन्न म्युजिक भिडियो, फिल्म तथा अन्य दृश्य सामग्रीको छायांकनका लागि पनि महत्वपूर्ण स्थलका रूपमा परिचित बन्दै गएको छ। नयाँ वर्षको अवसरमा परिवार र साथीभाईसँग समय बिताउन उपयुक्त गन्तव्यका रूपमा यो पार्कले थप आकर्षण बढाएको छ।