काठमाडौं । सोमबार सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.४८ अंक घटेर २५६६.७६ विन्दुमा झरेको छ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। शुक्रबार चार अर्ब २९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
आज ३५९ स्टकको ४४ हजार ७७७ पटकको कारोबारमा तीन अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँबराबरको कारोबार भएको छ।