घट्यो सुनको मूल्य

न्युजलय ५ मङ्सिर २०७९, सोमबार ०५:३३ मा प्रकाशित

काठमाण्डौ । सोमबार(आज ) सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । 

तोलामा ६०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९८ हजार १०० र तेजाबी सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको जानकारी दिएको छ । यससँगै, चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ छ ।