सुनसरी । सुनसरीमा हाइसको ठक्करबाट मोटरसाइकलमा सवारी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।
धरान –८ स्थित भोटेपुलमा मंगलबार दिउँसो ना १ ज ७१२१ नम्बरको हाइसले को ६ प ५६०३ नम्बरको मोटरसाइकल र को ३२ प ८६६१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
हाइसको ठक्करबाट धरान –१५ का ४६ वर्षीय शम्भु दर्जीको मृत्यु भएको हो। मोटरसाइकलमा सवार दर्जी दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
हाइसको ठक्करबाट स्कुटर चालक धरान–८ का ४४ वर्षीय सुरज गजमेर सामान्य घाइते भएका छन्। उनको धरानमै उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न हाइस र त्यसका चालक सप्तरीको सुरुङ्गा– ८ का २८ वर्षीय तेज नारायण सदालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ।