इटहरी । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कोशी प्रदेशले सामुदायिक विद्यालय सुधारको लागि प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ ।
संघको तर्फबाट प्रदेश अध्यक्ष सागर केसीले सामाजिक विकास मन्त्रालयलाई बुझाएको ध्यानाकर्षण पत्रमा नीति निर्माणमा स्वार्थ समुहहरु हावी हुँदै गएको र त्यसले सामुदायिक विद्यालयहरुलाई धराशायी बनाउँदै गएको उल्लेख छ ।
पत्रमा विद्यालयहरुको लागि आवश्यक बजेट छुट्याउनुपर्ने, बालबालिकाको शैक्षिक गुणस्तरलाई केन्द्रविन्दुमा राखेर नीति बनाउनुपर्ने, नीति निर्माण गर्दा अविभावकहरुलाईसमेत सहभागि गराउनुपर्ने, उचित विद्यालय शिक्षा ऐन बनाउनुपर्नेलगायतका माग गरिएको छ ।
केन्द्रीय अध्यक्ष गूणराज मोक्तान, केन्द्रीय सचिव काशीनाथ दंगालसहितको टोलीले मुख्य मन्त्रीलार्ई पनि ध्यानाकर्षण पत्र बुझाएका थिए । सोही क्रममा हामी ‘सुधार्छौं हाम्रो विद्यालय’ को अवधारणा पत्रसमेत बुझाइएको थियो ।