अभिनेत्री करिष्मा एमालेको साहित्य, कला तथा संस्कृति विभागमा मनोनीत

न्युजलय २९ भदौ २०७९, बुधबार ०७:०८ मा प्रकाशित

काठमाडौँ । अभिनेत्री करिष्मा मानन्धर एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनीत भएकी छन्।


चैतमा एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरलाई एमालेले विभाग सदस्यको जिम्मेवारी दिएको हो।

 

यो विभागका प्रमुख रघुजी पन्त छन् भने सचिव राजेश थापा छन्।


दशौं महाधिवेशनपछाडि एमालेको विभागीय सदस्य मनोनीत अध्यक्ष केपी शर्मा ओली आफैंले गर्दै आएका छन्।