झापाबाट १३ वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ

न्युजलय ३१ साउन २०८१, बिहिबार ०४:०६ मा प्रकाशित

झापा । बालिकालाई बलात्कार गरेको आरोपमा झापाबाट प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–२ घर भएका २१ वर्षीय रामकृष्ण श्रेष्ठ छन् ।उनले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ ।

आरोपीले प्रलोभन देखाएर मंगलबार राति आफ्नै घरमा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । 

घटनाबारे इलाका प्रहरी कार्यालय झिलझिलले अनुसन्धान गरिरहेको छ ।