कमलपोखरी ग्यास सिलिन्डर विष्फोट घटनाः घाइते दुई जनाको मृत्यु

न्युजलय २९ माघ २०८१, मङ्गलबार ११:३८ मा प्रकाशित

 काठमाडौं । कमलपोखरीस्थित सानदार मःम पसलमा गत बिहीबार बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा सोमबार राति रविन राई र मङ्गलबार भीमबहादुर घलेको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनामा घाइते अन्य नौ जनाको अवस्थामा सामान्य रहेको छ ।

घाइते सबै मःम पसलमा काम गर्ने मजदुर रहेको बताइएको छ । माघ २३ गते ग्यास लिक भएर आगलागी भएको थियो ।