मेस्सी फर्किएको खेलमा पिएसजीको जित

न्युजलय २८ पुस २०७९, बिहिबार ०२:०४ मा प्रकाशित

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा एन्जर्सलाई २–० ले पराजित गरेको छ । ह्युगो इकिटिक र मेस्सीले गोल गरेका थिए ।

बुधबार राति भएको खेलको पाँचौं मिनेटमा ह्युगो इकिटिकले गोल गर्दै पिएसजीलाई पहिलो हाफका १–० को अग्रता दिलाए । उनले नोर्डी मकिएलीको पासमा गोल गर्न सफल भए ।

मेस्सीले विश्वकपपछिको पहिलो खेलमा नै गोल गर्न सफल भएका हुन् । विश्वकपपछि पिएसजीले योसहित ४ खेल खेलिसकेको छ । मेस्सीले पिएसजीबाट यसअघिका खेल खेलेका थिएनन् । त्यसअघिको तीन खेलमध्ये पिएसजी लिग वानमा लेन्ससँग ३–१ ले पराजित भएको थियो । मेस्सी सहभागि खेलमा पिएसजीले जित हात पारेको हो ।