काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा यो साता ३६ अंकमाथिको गिरावट आएको छ ।
अघिल्लो साता ३९ अंकले घटेको नेप्से सूचक यो साता थप ३६.६४ अंकले घट्दै २ हजार ८९.८४ अंकको विन्दुमा झर्न पुगेको हो ।
यो साता ३६ अंकले नेप्से घटेको बजारमा कूल ९ अर्ब ४९ करोड ५२ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बैंकिङ समूहतर्फ ३९ करोड ३८ लाख ७२ हजार २८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने यो साता होटल तथा पर्यटन समूहको उपसूचकको कारोबार पनि १० करोड १२ लाख १ हजार ४१३ रुपैयाँ बराबरको कारोबार भएको छ ।