‘एक भगवत् गीता’को क्यारेक्टर पोस्टर’ सार्वजनिक

न्युजलय ३३ साउन २०८०, शुक्रबार १२:१५ मा प्रकाशित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक तीन पोस्टरमा अभिनेत विपीन कार्की, सुहाना थापा, धिरज मगर र बालकलाकारलाई देख्न सकिन्छ ।

भदौ २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको ‘क्यारेक्टर लुक्स’ पोस्टरमा विपीन कार्की ट्रान्सजेन्डर लुक्समा प्रस्तुत छन् । 

अन्तरजातीय प्रेमकथामा आधारित चलचित्रमा सुनील कुमार थापाको निर्माणमा बनेको हो । सिनेमाको कथा लेखक र निर्देशक झरना थापा हुन् ।