काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय धनुषाले सिभिल इन्जिनियरदेखि चौकीदारसम्म कर्मचारी भर्नाका लागि माग गरेको छ । आज गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दै सो उपमहानगरपालिकाले कर्मचारी माग गरेको हो ।
सिभिल इन्जिनियर छैठौ तहदेखि सवइन्जिनियर (मेकानिकल) पाँचौ तह, सहायक कम्प्यूटर अपरेट चौथो तहसहितका करारमा कर्मचारी भर्नाका लागि विज्ञापन प्रकाशन गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र दरखास्त दिन उपमहानगरपालिकाको कार्यालयले आग्रह गरेको छ ।