गाईघाट–दिक्तेल सडक खण्डको फोक्सिङटारमा अस्थायी बेलिब्रिज बन्ने

न्युजलय ११ मङ्सिर २०८१, मङ्गलबार १२:३७ मा प्रकाशित

काठमाडौँ । उदयपुरको गाईघाट र खोटाङको दिक्तेल जाने सडकखण्डको फोक्सिङटारमा अस्थायी बेलिब्रिज बन्ने भएको छ। 

असोज ११ गते आएको बाढीले पक्की पुल बगाएपछि सुख्खायामका लागि ५० मिटरको बेलिब्रिज निर्माण गर्न लागिएको हो ।

सगरमाथा राजमार्गका योजना प्रमुख पशुपति ज्ञवालीले भत्किएको पुलको अध्ययन गर्न र १२० मिटरभन्दा लामो बेलिब्रिज राख्न बढी समय लाग्ने भएकाले तत्काललाई अस्थाई पुल बनाउन लागिएको बताए।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले फोक्सिङटारमा १२० मिटरको बेलिब्रिज जडान हुन लागेको जानकारी दिएका थिए। 

तर तत्काल केही समय लाग्ने भएकाले ५० मिटरको मात्रै जडान गर्न लागिएको आयोजना प्रमुखले बताए।