काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।
आज नेप्से परिसूचक २५.२१ अंकले बढ्दै २७१८.३१ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
आज ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले बढ्दै ५१८.७९ विन्दुमा कायम भएको छ ।
आज कुल २ सय २४ कम्पनीको ४९ लाख ९२ हजार २६५ कित्ता शेयर २ अर्ब ९९ करोड ७२ लाख १९ हजार २८ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीहरूमध्ये सोमवार १५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको घटेको छ । ४ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।