घट्यो सुनको मूल्य

न्युजलय ७ मङ्सिर २०७९, बुधबार ०५:२० मा प्रकाशित

काठमाण्डौ । बुधबार (आज) सुनचाँदीको मूल्य घटेको छ। 

आज छापावाल सुन तोलामा ४ सय रुपैयाँ घटेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। 

आज तेजाबी सुन ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।  यस्तै अघिल्लो दिन १ हजार २ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँ सस्तो हुँदै १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको छ।