इटहरी । धरानमा ८ जना सहित प्रदेश १ मा ४१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
३०६ जनाको पीसीआर परीक्षण गर्दा ३७ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५, सुनसरीमा १२, मोरङमा ८, इलाम र पाँचथरमा १–१ जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश १ मा आज ४४ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९ महिला र २५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।