काठमाडौं । बलिउड अभिनेता रणवीर कपुरले आफ्नी छोरी राहा कपुरलाई झण्डै दुई सय ५० करोड भारतीय रुपैयाँ पर्ने बंगला उपहारमा दिने भएका छन्।
हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार मूल्यका हिसाबले यो बंगला बलिउडका महानायक अमिताभ बच्चनको ‘जल्सा’ र शाहरूख खानको ‘मन्नत’ बंगला भन्दा पनि महँगो हो।
छोरीलाई उपहार दिने यो बंगलामा रणवीर र आलियाको बराबर लगानी रहनेछ। आमा नितु कपुरको साथमा रणवीर तथा आलिया हाल निर्माणधीन रहेको मुम्बईस्थित बान्द्रामा रहेको यो बंगलामा देखिएपछि यसको खुलासा भएको हो।
यो उपहार पाएसँगै रणवीर–आलियाकी एक वर्षीया छोरी बलिउडकी सबैभन्दा कम उमेरकी धनी सन्तान बन्ने समाचारमा उल्लेख छ।