आज नेपाल र केन्याको तेस्रो खेल हुँदै

न्युजलय १२ भदौ २०७९, आइतबार ०२:३४ मा प्रकाशित

काठमाडौं । नेपाल र केन्याबीचको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।


दुवै टोली आजको खेल जित्दै शृङ्खलामा अग्रता लिने योजनामा छ ।

 

पहिलो खेलमा नेपाल ५ विकेटले विजय भएको थियो भने दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै १८ रनले जितेको थियो ।