प्रशासनले बन्द गरायो ‘जेल रेष्टुरेण्ट’

न्युजलय १० माघ २०७९, मङ्गलबार ०९:१४ मा प्रकाशित

भैरहवा । भैरहवामा रहेको जेल रेष्टुरेण्टमा सोमबार जिल्ला प्रशासन कार्यालयले छापा मारी रेष्टुरेन्ट बन्द गराएको छ ।

हत्कडी, बन्दुक जस्तो देखिने एयरगन र फासी लगाउन प्रयोग गरिने पासो प्रशासनले जफत गरेको छ भने रेष्टुरेण्टसमेत बन्द गराइएको छ ।

रेष्टुरेण्टका कोठाहरु जेलको स्वरुपमा बनाइएका थिए भने ग्राहकर्लाइ हत्कडी लगाएर फोटो खिँच्ने सुविधा थियो । यस्तै पासोहरुसमेत रहेको थियो । आत्महत्या गर्न प्रोत्साहन गर्ने खालको क्रियाकलाप गरेको पाइएकाले रेष्टुरेण्ट बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।