मोरङमा मूर्ति चोरी गर्ने युवक प्रहरी नियन्त्रणमा

न्युजलय २ जेठ २०८१, बुधबार १२:१८ मा प्रकाशित

विराटनगर ।  मोरङको बुढीगंगा–३ स्थितबाट मूर्ति चोरी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

स्थानीय २२ वर्षीय आशिष राजवंशीलाई नियन्त्रणमा दिइएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ । 

उनलाई मार्बलले बनेको भगवान गणेश र हनुमानको मूर्ति चोरी गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।