झापा । झापाको शिवसताक्षीमा जुवा खेलिरहेका १२ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सोमबार मध्यराती शिवसताक्षी नगरपालिका–११ स्थित नहर चौकका ४७ वर्षीय चेतन दुलालको घरमा छापा मारेको थियो।
दुलालको घरमा कौडा खेलिरहेका घरधनी दुलालसहित शिवसताक्षी ९ का ४७ वर्षीय पूर्णकुमार लिम्बु, सोही ठाउँका २६ वर्षीय मोहन दुलाल, ४५ वर्षीय लोकनाथ दुलाल, शिवसताक्षी १० का ३६ वर्षीय रबिन राई पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट नगद ६६ हजार ६५ रुपैयाँ, १६ थान कौडा, कौडा खेलाउँदा प्रयोग भएको म्याट, काठको फ्रेम र ११ थान मोबाइल बरामद गरेको प्रहरीले बताएको छ ।