गरिब छ अनि सेलाएको चुलो,
त्यै चुलो पर्तिर दरवार बन्छ ।
नबन्ने हैन यो देशमा,
तर नया सरकार बन्छ ।
दवाइ मुलो, फेर्नै स्वास पनि,
कमाइ खाने परिकार बन्छ ।
नबन्ने हैन यो देशमा,
तर नया सरकार बन्छ ।
भोका नाङ्गा र रोगीहरु
खै कहिले सरोकार बन्छ ।
नबन्ने हैन यो देशमा,
तर नया सरकार बन्छ ।
घिटघिट जिजिविसाको दोसाधमा,
मृत्यु पर्खिरहेको समाचार बन्छ ।
नबन्ने हैन यो देशमा,
तर नया सरकार बन्छ ।
थोरै दुखे पनि त हुन्थ्यो,
जुन दिल दुख्दा आधार बन्छ ।
नबन्ने हैन यो देशमा,
तर नया सरकार बन्छ ।
भाग्यलाइ धिर्कार्दै बसेको,
नेपालीको कहिले निधार बन्छ ।
नबन्ने हैन यो देशमा,
तर नया सरकार बन्छ ।