काठमाडौं । नबिलले नेपाल बंगलादेश बैंकलाई किनेपछि एकीकृत कारोबारको तयारीमा लागेका नबिल र नेपाल बंगलादेश बैंकको कारोबार केही दिन बन्द हुने भएको छ ।
दुवै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन (डेटा माइग्रेसन) गर्ने प्रयोजनका लागि असार २४ गते शुक्रबार कार्यालय समयपछि असार २७ गते सोमबार बिहान कार्यालय समय अगाडिसम्म नवील बैंकका सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द हुनेछ ।
यसैगरी, असार २५ गते शनिवार सार्वजनिक विदाको दिन सञ्चालन हुने नवील बैंकका सम्पूर्ण काउण्टर तथा बैंकि सेवा समेत बन्द हुनेछन् । तर, सो समयमा नवील बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड सेवा भने सञ्चालनमै रहने सूचनामा उल्लेख गरिएको छ ।
उता, नेपाल बंगलादेश बैंक लिमीटेडमा भने असार २३ गते बिहीबार कार्यालय समयपछि असार २७ गते सोमबार कार्यालय समय अगाडिसम्म सबै बैंकिङ सेवा तथा कारोबार बन्द हुनेछ । यो समयमा बंगलादेश बैंकको क्रेडिट कार्ड भने चल्ने सूचनामा उल्लेख गरिएको छ ।