क्रिस्टियानो रोनाल्डोले गरे प्रेमिका जर्जिनासँग विवाह

न्युजलय २७ साउन २०८३, बुधबार ११:३९ मा प्रकाशित

काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। 

रोनाल्डोले मंगलबार आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत जर्जिनासँग हात समातेको र दुवैले औंठी लगाएको तस्वीर सार्वजनिक गर्दै विवाहको पुष्टि गरेका हुन्।

रोनाल्डो र जर्जिना लामो समयदेखि प्रेम सम्बन्धमा थिए। उनीहरूका सन्तानसमेत छन्। यद्यपि, उनीहरूको विवाहबारे लामो समयदेखि विभिन्न चर्चा हुँदै आए पनि रोनाल्डोले सामाजिक सञ्जालमार्फत पहिलोपटक औपचारिक रूपमा पुष्टि गरेका हुन्।