काठमाडौं । आज शेयर बजार घटेको छ । बजार घटे पनि सात अर्ब बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३२.६५ अंकले घटेको हो । १.२१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५७.५० अंकमा झरेको छ ।
आज ३४३ कम्पनीका १ करोड ९८ लाख २२ हजार ३ सय ९२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १८ करोड ३७ लाख १३ हजार बराबरको कारोबार भएको छ ।