महिला साफ च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

न्युजलय ३२ भदौ २०७९, शनिवार ०१:४६ मा प्रकाशित

काठमाडौं । भारतलाई हराउँदै नेपाल छैटौं महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई १-० गोलले पराजित गरेको हो।

 

नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी थिइन्। उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन्।


यसअघि पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेको छ। अब फाइनल खेलमा नेपाल र बंगलादेश भिड्नेछ।