२०७८ साल कार्तिक ७ गते अाईतबार

घट्यो सुनको मूल्य

न्युजलय २५ असोज २०७८, सोमबार १२:१० मा प्रकाशित

काठमाडौं । सोमबार (आज) सुनको मूल्य घटेको छ ।   

आइतबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोलामा १०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ । 

आइतबार प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।