एमबापेको गोलमा पीएसजी विजयी

न्युजलय १६ असोज २०७९, आइतबार ०२:११ मा प्रकाशित

काठमाडौं । केयलिन एमबापेले खेलको अन्त्यतिर गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शनिबार फ्रान्सेली लिग वानमा निसलाई २–१ ले हराएको छ । यो जितपछि पीएसजी अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ ।

 

उसले लियोनल मेसीको गोलले अग्रता लिएयता गेटान लाबोर्डेले निसका लागि बराबरी गोल फर्काए । खेलको ८३ औं मिनेटमा सब्टिच्युटका रूपमा मैदानमा उत्रेका एमबापेले निर्णायक गोल गरे ।


सबै प्रतियोगितामा पीएसजीको यो लगातार सातौं जित हो । पीएसजीको नौ खेलबाट २५ अंक छ र अपराजित छ । मार्से २३ अंकमा दोस्रो स्थानमा रहेको छ ।