मिस नेपाल वर्ल्ड २०२२ को उपाधि प्रियंका रानी जोशीलाई

न्युजलय ४ असार २०७९, शनिवार ०७:४८ मा प्रकाशित

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२२ को उपाधि प्रियंका रानी जोशीले जितेकी छिन् ।


शनिबार साँझ ललितपुरको गोदावरीमा आयोजित मिस नेपाल वर्ल्ड २०२२ को ग्राण्ड फिनालेमा उपाधि जित्न सफल जोशीले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

 

२४ जना युवतीहरुले सहभागिता जनाएको यो प्रतियोगितामा डा.सरीसा श्रेष्ठले मिस नेपाल अर्थको उपाधि जितेकी छिन् । उनले मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

 

त्यस्तै मिस नेपाल ईन्टरनेशनलको उपाधि भने विराटनगरकी न्यान्सी खड्काले जितेकी छिन् । गायक सुमित खड्काकी छोरी न्यान्सीले अब मिस ईन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

 

प्रतियोगितामा स्मारिका शर्माले ब्यूटी विद द पर्पसको उपाधि जितेकी छिन् ।