विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा एक दर्जनभन्दा बढी साना ठूला उद्योग स्थापना हुने क्रममा रहेका छन् । सबै गरेर १ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ ।
गोल्छा अर्गनाइजेसनले ४० करोडको लगानीमा फलामे डण्डी उत्पादन गर्ने नयाँ उद्योग स्थापना गरेको छ । यस्तै सूर्य मच्छड धूप उत्पादन गर्दै आएका उद्यमी दिवाकर राठीले करिब १२ करोड रुपैयाँको लगानीमा प्लाइउड उद्योग स्थापना गर्न लागेका छन् । उद्योगपति देवकीनन्दन अग्रवालले कटहरीमा बागमती आयल इन्डष्ट्रिज खोलेका छन् ।
यसैगरी रिजाल समूहले १५ करोडको लगानीमा रिजाल भान्छा ग्यास खोल्ने तयारी गरेको छ । नयाँ उद्योगको स्थापनाले करिब १ हजारले रोजगारी पाउनेछन् ।